नायिका वर्षा सिवाकोटीले आज विवाह गर्दै

नायिका केकी अधिकारीले गुपचुपमा बिहे गरेको खबर न सेलाउँदै अर्की नायिका वर्षा सिवाकोटी पनि विवाह गर्दै छन् । नायिकाको आज विवाह भइरहेको छ ।

अमेरिकामा बसोबास गर्ने आशिष नाम गरेका युवकसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षाको विवाह भइरहेको छ ।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । केही समय अघि मात्रै वर्षा अमेरिका पुगेर फर्केकी थिइन् । त्यहाँबाट आएपछि उनीहरुको विवाह भएको हो ।

विवाहमा सीमित आफन्त र साथीभाईलाइ बोलाइएको छ । धेरै चलचित्रकर्मीहरु उनको विवाहबारे जानकार छैनन् ।

यस्तै यसअघि बिहीबार नायिका केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी थिइन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार