प्रचण्डका कारण देश ध्वस्त भयो, लाज पचाएर हिडिरहेका छन् : मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरबादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरबादी भएका कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी समेत गरे । जनयुद्धका बेला प्रतिकृयाबादीको रक्षा कबज भन्दै एमाले प्रवृतिका बिरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसंग एकता गरेको उनले बताए । सामन्तवादीको रुपमा रहेको कांग्रेसलाई टेकोसो लगाएर गठबन्धन सरकार बसको टिप्पणी गर्दै बैद्यले गठबन्धन सरकारले देशलाई केहि गर्न नसक्ने धारणा राखे । पुरानो राज्यसत्ता हटाउनसंगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाईरहको उनको भनाई छ । त्यस्तै उनले पञ्चायतमा अन्य दललाई दमन गर्न जे कदम चालिएको थियो, अहिलेको कम्युनिष्टले त्यहि कदम चालिरहेको तर्क गरे ।

बैद्यले नवप्रतिक्रियावादीसंग लड्नका लागि बिचार मिल्ने कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार