पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

पूर्वराजदूत लक्की शेर्पा फेरि एमाले प्रवेश गरेकी छन् । एमालेको नयाँ मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शेर्पालगायतलाई पार्टी प्रवेश गराएका हुन् ।

शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् ।

माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार