कोरोना असर : जनगणना तत्कालका लागि स्थगित

कोरोनाको दोस्रो लहर व्याफक रुपमा फैलिएसँगै नेपालमा शुरु हुन लागेको १२ औं जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित भएको छ ।

यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको जनगणना स्थगित भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । हाल देशभर वैशाख १६ गतेदेखि गणक र सुपरिवेक्षकहरुको तालिम सुरु गरिएको थियो ।

मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.  डा पुष्पराज कँडेलले बताए । कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई मध्यनजर गरेर जनगणनाको अर्को मिति तय गरिने उनको भनाई छ ।

गणना मन्त्रिपरिषदले स्थगित गरेको जानकारी प्राप्त भएको भएपनि आधिकारिक पत्र प्राप्त नभएको विभागका एक अधिकारीले बताए । ‘स्थगित गरियो भन्ने सुनेको हो आधिकारिक पत्र आउन बाँकी छ’, उनले भने । जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार