मनाङमा जिप दुर्घटना, तीन जना घाइते

मनाङमा जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् ।

मनाङ सदरमुकाम चामेबाट लमजुङ सदरमुकाम बेसीसहर तर्फ आउँदै गरेको ग ३ च ३४७० नम्बरको जिप बिहान साढे ९ बजे ताल प्रहरी चेक पोष्ट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार