भरतपुर महानगरकी मेयर रेणु दाहालले दिइन राजीनामा

वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न भरतपुरकी मेयर रेणु दाहालले राजीनामा दिएकी छिन् ।

निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिएकी हुन् ।

उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन् । ५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो।

माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन् । यस्तै उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार