वीरगञ्ज महानगरका प्रमुख सरावगीले दिए राजीनामा

वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयर पदका लागि उम्मेदवार बन्ने कसरतमा रहेका सरावगीले राजीनामा दिएका हुन् ।

सरावगीले बिहीबार दिउँसो राजीनामा बुझाएको उपप्रमुख शान्ति कार्कीले जनाइन् । ‘शनिबार १० बजेदेखि लागु हुनेगरी बिहीबार दिउँसो उहाँले राजीनामा बुझाइसक्नु भएको छ,’ उनले भनिन् ।सरावगीले उपप्रमुख शान्ति कार्कीलाई राजीनामापत्र बुझाएका हुन् ।

स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवार दर्ता अघि राजीनामा दिनुपर्ने व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार