कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ। शैल्यशिखर नगरपालिका–६ ग्वानीमा उनीहरुबीच दोहोरो झडप भएको हो ।

शान्तिपूर्ण र्‍याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताको आरोप छ। झडपमा क्रममा गाडीका शिशा फुटनुका साथै एमालेका केही कार्यकर्ता घाइते भएको बताइएको छ।

प्रहरीकाअनुसार शुक्रबार एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको र सोही क्रममा झडप भएको थियो । झडपमा एमालेका दुईजना कार्यकर्तालाई सामान्य चोट लागेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार