प्रेस काउन्सिल पुगेर ऋषि धमलाले लिए पत्रकार आचारसंहिताको कक्षा

प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोपछि विवादमा आएका पत्रकार ऋषि धमलाले शुक्रबार प्रेस काउन्सिल पुगेर पत्रकार आचारसंहिताको कक्षा लिएका छन् ।

काउन्सिलले सुरु गरेको नयाँ अभ्यासअनुसार आचारसंहिताको कक्षा लिने उनी पहिलो पत्रकार हुन् ।   शुक्रबार धमलालाई अभिमुखीकरण कक्षामा सहभागी गराइएको हो । उक्त कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए ।

यसअघि काउन्सिलले सोधेको स्पष्टीकरणमा धमलाले घटनाप्रति आत्मालोचना गरेका छन् । आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता ब्यक्त गरेका थिए ।  ‘जनतालाई सुसूचित गर्न छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती हुन गएको’ धमलाले बताएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकेर नेपाल फर्कने कममा ऋषि धमलाले विमान भित्रबाटै भिडियो प्रत्यक्ष प्रसारण गरेका थिए । धमलाले अनुमतिबेगर, पटकपटक वायुसेवाका कर्मचारीहरुले सेक्युरिटी र्पोटोकलविपरीत भन्दासमेत जबरजस्ती भिडियो खिचेर प्रसारण गरेका थिए । जसमा उनको चर्को आलोचना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार