एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि

 एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको बताए ।

`उम्मेदवारहरूको मूल्यांकन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुसी निर्णय गर्‍यो,´ खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको नामलाई पुन: नगर प्रमुखमा समेत सिफारिस गरेर पार्टीभित्रको आन्तरिक अलोकतान्त्रिक प्रक्रियालाई बढावा दिएको उनको भनाइ छ । नेता खड्का आफै पनि एमाले बर्दिबास नगरपालिकाका बलिया उम्मेदवार हुन् ।

नगरभित्र टेकबहादुर बलाम्पाकी, फाल्गुन सुस्लिङ मगर, चन्द्रलाल क्यापछाकी, केदारबहादुर बस्नेत, कुमार भण्डारी, शारदादेवी थापा, शरद पोखरेललगायतले नगर प्रमुखका लागि दाबी गरेका छन् । ‘यदि पाटीले मूल्यांकन गर्ने हो भने गुन्ज खड्कालाई मूल्यांकन गर्नुपर्छ अनि पार्टी मात्र हैन नगर नै समृद्ध बन्छ,’ बर्दिबास-३ का उमेश खड्का भन्छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय खड्काले एमालेको सांगठनिक निर्माणमा निक्कै ठूलो भूमिका खेलेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार