उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न आजका लागि बैठक आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ । बैठकमा स्थानीय तह चुनावका लागि पार्टीबाट उठाउने उम्मेदवारबारे छलफल हुने उनले बताए ।

सत्तारुढ गठबन्धनमा कांग्रेसलाई महानगरतर्फ ३ र ७ वटा उपमहानगरको प्रमुख भागमा परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार