गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय बैंक कसूरमा पक्राउ परेका छन् । ६८ लाख रुपैयाँको चेक बाउन्सको जाहेरीमा पक्राउ परेका उपाध्यायलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर अदालत बुझाइएको छ । उपाध्याय गोरखापत्र संस्थानको महाप्रबन्ध भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बन भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार