आफूखुसी मूल्य बढाउने व्यापारीलाई कडा कारवाही गर्ने चेतावनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छित रुपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिहरुलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्याधिक मात्रामा मूल्य वृद्धि र बस्तु अभावको विभागमा गुनासो बढेकाले आयात कर्ता, वितरक, खुद्रा वितरकहरुले काबुबाहिरको परिस्थिती परेर वा काबुबाहिरको परिस्थिती देखाएर सहज हुँदाहुँदै पनि मूल्य वृद्धि गरेको विषयमा अध्ययन गरेर तत्काल कारबाही गर्ने तयारी गरिएको बताएका हुन् ।उनले मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने बताए ।

अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणाली मार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाइ छ । विभागले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारिक र्फमहरुलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ र्फमहरुलाई कारबाही गरेको जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार