काँग्रेसका शिर्ष नेताहरु अचानक पुगे बालुवाटार

गठबन्धनभित्र स्थानीय तहको चुनाव अन्तर्गत भागबण्डामा सहमति भए पछि काँग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार प्रधानमन्त्रीको निवास बालुवाटारमा काँग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

आजको बैठकमा नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।

महानगर तथा उपमहानगरमा पार्टीका उम्मेदवार छनोट गर्ने विषयमा छलफल भइरहेको छ । स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार