प्रदेशसभा सदस्य विजय सुवेदीले दिए राजीनामा

वाग्मती प्रदेशसभा सदस्य  विजय सुवेदीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका सुवेदीले बिहीबार राजीनामा दिएका हुन् ।

उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका छन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताएका छन्।

निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। चितवनको क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष ३ महिना बागमती प्रदेशसभा सदस्यको रुपमा रहेरे काम गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार