८० प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा

सिभिल बैंकले ८० प्रतिशतले नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार ९० करोड नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो ।

ब्याज आम्दानी करिब १ अर्बले बढाएको तथा सञ्चालन खर्च सो अनुपातमा नबढेको कारण बैंकको नाफा ८० प्रतिशतले बढेको हो । बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ब्याज आम्दानीबाट कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ५४ करोड ब्याज आम्दानीबाट कमाएको थियो ।

बैंकको नाफा बढेसँगै प्रति सेयर आम्दानी(इपिएस) बढेको छ । चैत मसान्तको वित्तीय विवरण अनुसार सिभिल बैंकको इपिएस १३ रुपैयाँ २८ पैसा छ । बैंकको अघिल्लो वर्षभन्दा लागत तथा बेसरेट बढेको छ ।

चैत मसान्तमा बैंकको कस्ट अफ फण्ड ७.२१ छ भने बेसरेट ९.९४ प्रतिशत छ । ब्याजदर अन्तर(स्प्रेड) ३.८५ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ९०.२० प्रतिशत छ । ९ अर्ब ७ करोड बैंकको पुँजीकोष अनुपात १५.८१ प्रतिशत छ ।

बैंकले ऋणपत्र जारी गरेको कारण पुँजीकोष अनुपात अघिल्लो वर्षको भन्दा बढी देखिएको छ । यसले बैंकलाई व्यवसाय गर्ने स्पेश देखिएको छ । बैंकले चैत मसान्तको नाफाबाट सेयरधनीलाई बाँड्न मिल्ने नाफा ४२ करोड गरेको छ ।

चैत मसान्तसम्ममा बैंकले ९० अर्ब निक्षेप संकलन गरेर ८३ अर्ब कर्जा दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार