एमालेको तर्फबाट महानगर र उपमहानगरमा मेयरको उम्मेदवार बन्ने टुंगो आज

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको उम्मेदवार आज टुंगो लगाउँदैछ। एमाले सचिवालयको बैठक बसेर उम्मेदवारको टुंगो लगाउन लागिएको हो।

महानगर र उपमहानगरमा मेयरको उम्मेदवार हुनेको टुंगो लगाउन अहिले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठकका लागि नेताहरु पुगिसकेपनि ओली केन्द्रीय सल्लाहकार परिषदको बैठकमा भएकाले छलफल शुरु हुन सकेको छैन । आजको बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउनेछ।

सत्ता गठबन्धनले हिजो बुधबार मात्रै महानगर र उपमहानगरको टुंगो लगाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार