पुनः मुख्यमन्त्रीको सपथ लिएका पोखरेलले गरे मन्त्रिपरिषद विस्तार

नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुवैजनाले शपथ ग्रहण गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी (जसपा)का २ जना नेताहरू सन्तोष पाण्डे र विजय बहादुर यादव पुनः मन्त्री भएका छन् । रुपन्देहीका पाण्डे र बाँकेका यादवलाई यसअघि नै सम्हाल्दै आएको भौतिक पुर्वाधार विकास मन्त्रालय र कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो । यस्तै कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले भोलि उनीहरूको सपथ गराईने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ। उनीहरु पनि जसपाबाट मन्त्री भएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार