विवाह बन्धनमा बाँधिदै केकी अधिकारी

नायिका केकी अधिकारी आज विवाह बन्धनमा बाँधिदै छन् । केकीले बिहीबार रोहित तिवारीसँग लगनगाँठो कस्ने बताइएको छ । रोहित हाम्रोबजार डटकमका सीईओ हुन् ।

बुधबार केकी र रोहितले मेहन्दी उत्सव मनाएका छन् । पारिवारिक सदस्य र केही साथीभाइबीच दुईले मेहन्दी उत्सव मनाएका हुन् ।

रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमासमेत परेका थिए । उनी फुडमारियोको समेत सिइओ हुन् । केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । बुधबार एकाएक उनीहरुले विवाह गरेको खबर फैलिएको थियो । प्रेम र अफेयर कहिल्यै बाहिर नआएकी केकी प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रेटीको ‘प्राइभेसी’ भित्र पर्ने धारण राख्थिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार