पुनः शीर्षस्थानमा उक्लियो म्यानचेस्टर सिटी

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बिंघटनमाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ ।

बुधबार भएको खेलमा म्यानचेस्टर सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बर्नान्डो सिल्भाले एक/एक गोल गरे ।

बुधबारको खेलमा जित हात पारेसँगै सिटी पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । उसले ३२ खेलबाट ७७ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ७६ अंक छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार