आईस्पानका अध्यक्ष सुधिर पराजुली आईसीटी एक्सिलेन्स अवार्डबाट सम्मानित

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुली यस वर्षको नेसनल आईसीटी एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन । सुविसु केवल नेटका अध्यक्ष समेत रहेका पराजुलीलाई चौंथो राष्ट्रिय सूचना तथा सन्चार प्रविधि दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले अवार्ड प्रदान गरेका हुन ।

सूचना तथा सञ्चार क्षेत्रको विकास र विस्तार अभियानमा विशिष्ट योगदान गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । सन् २००१ देखि नेपालमा सञ्चार प्रविधीको क्षेत्र इन्टनरनेट र टेलिभिजन प्रसारणको माध्यमका रुपमा पहिलो सेवा प्रदायक कम्पनीका रुपमा सेवा दिँदै आएको सुविसुले १६ सय बढिलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी दिएको छ । । नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धि नीति निर्माण गर्न पराजुलीको महत्वपूर्ण योगदान रहेको छ ।

उनीसँगै ह्वावे टेक्नोलोजी नेपाल कम्पनी प्रालि नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट सम्मानित भएको छ । यसैगरी कार्यक्रममा कुशुम लामा नेसनल आईसीटी एक्सिलेन्स अवार्ड वुमनबाट सम्मानित भएकी छन् ।

त्यस्तै महालेखा नियन्त्रक कार्यालय पब्लिक सेक्टरतर्फबाट सम्मानित भएको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोगबाट अधिकतम रुपमा सार्वजनिक सेवा प्रवाह गरेको भन्दै कार्यालयलाई यस्तो सम्मान दिइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार