काठमाडौंको मेयरमा एमालेबाट ३ जनाको नाम सिफारिस, पूर्वराज्यमन्त्री बाहिरिए

आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट तीनजनाको नाम सिफारिस भएको छ ।  एमाले महानगरले ५ जनाको नाम सिफारिस गरेकोमा जिल्लाले कमिटीको बैठकले मेयरमा तीनजनाको नाम सिफारिस गरेको हो ।

मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित र इन्दिरा पन्तको नाम जिल्ला कमिटीले सिफारिस गरेको हो । शाक्य हालका मेयर हुन् भने स्थापित पूर्व मेयर हुन् । त्यस्तै पन्त भने एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । पन्त रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्षसमेत हुन् ।

त्यस्तै महानगरले सिफारिस गरेका पूर्व राज्यमन्त्री रामवीर मानन्धर र नगर कमिटी अध्यक्ष निर्मल देउला भने मेयरको दौडबाट बाहिरिएका छन् । मानन्धर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यसमेत हुन् ।अब जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ। प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार