गठबन्धनमा मिल्यो भागबण्डा, कुन दललाई कुन महानगर–उपमहानगर ?

सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति जुटेको छ। बुधबार बसेको सत्तारुढ दलको शीर्ष नेताको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरको भागबन्डा टुंग्याएको हो ।

अन्तिम सहमति पत्रमा  पनि हस्ताक्षर भइसकेको छ । सहमति अनुसार ७ वटा उपमहानगरपालिकाको नेतृत्व कांग्रेसले पाउनेछ भने दुई उपमहानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले पाउनेछ । यस्तै, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा एकएक उपमहानगर परेको छ ।

जसमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका पाएको छ । माओवादीले जीतपुर सिमरा र घोराही पाउँदा समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर आफ्नो भागमा पारेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार