नुवाकोटमा भिरबाट लडेर एक म्यादी प्रहरीको मृत्यु

काठमाडौं । नुवाकोटमा भिरबाट लडेर एक जना म्यादी प्रहरीको ज्यान गएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका–१२ का २६ वर्षीय योगेन्द्र न्यौपाने रहेका छन् ।

घटना शनिबार वैशाख ३ गतेको हो। उनी सोही वडाको घट्टे फोगडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेका थिए ।परिवारले खोज्दा राति उनको शव फेला पारेको हो। शवको पोष्टमार्टम त्रिशूली अस्पतालमा गरिएको थियो। परिवारले शव बुझेर दाहसंस्कार गरिसकेको छ।

‘उहाँ म्यादी प्रहरी हुन्। हाम्रोमा तालिमका लागि आउँदा भिरबाट लडेर मृत्यु भएको देखिएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले भने, ‘बिहान आठ बजेदेखि तालिम हुन्छ। तर शव बेलुकी मात्रै फेला परेको थियो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार