प्रकाशमान सिंहकी श्रीमती सिर्जना गठबन्धनको तर्फबाट काठमाडौं मेयरकाे उम्मेदवार

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ ।मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी सिर्जना का‌ंग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्।

काठमाडौं मेयरको विषयमा मंगलबार शीर्ष नेताको बैठकमा पनि छलफल भएको थियो । नेता प्रकाशमान सिंह निकट काठमाडौंका एक जिल्ला नेताले भने, ‘सिर्जना भाउजुको नाम कांग्रेसको मेयरको उम्मेदवारमा निश्चित भएको सुनेको छु ।’

उनलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने सहमति भएपनि औपचारिक घोषणा हुन बाँकी रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार