आईपीएल क्रिकेट : केएल राहुल र अपशब्द बोल्ने स्टोइनेसमाथि कारवाही

लखनऊका कप्तान केएल राहुल र खेलाडी मार्क्स स्टोइनेसलाई जरिवाना गरिएको छ।इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा लिगको कोड अफ कनडक्ट उल्लंघन गरेको भन्दै राहुललाई २० प्रतिशत म्याच फी जरिवाना गरिएको हो।

मुम्बईस्थित डीवाई पाटिल स्पोर्ट्स एकेडेमीको मैदानमा भएको खेलमा स्टोइनेसलाई पनि लेभल एकको कारवाही गरिएको छ। मार्कसले खेलमा आउट भएपछि अम्पायरलाई गाली गर्दै अपशब्द बोलेका थिए। स्टोइनेसले १५ बलमा २४ रन बनाएर जोश हेझलउडको ओभरमा आउट हुँदा अपशब्द बोलेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार