टेम्पोको टक्करबाट एक महिलाको मृत्यु

बारामा टेम्पोको ठक्करबाट एक महिलाको ज्यान गएको छ । कलैया उपमहानगरपालिका–१८ मनगढवामा हिजो बेलुका टेम्पोको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । ठक्करबाट गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार