आन्दोलनमा उत्रियो काँग्रेस पोखरा महानगर समिति

मेयर र उपमेयरसमेत सबै वडामा आफ्नै उम्मेदवार उठाउने तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनमा भागबन्डा मिलाउने क्रममा पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि कांग्रेस पोखरा महानगर समिति आन्दोलनमा उत्रिएको छ ।

बुधबार बिहान पोखरा महानगर समितिले चिप्लेढुंगास्थित जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महानगर समितिका सभापति सुरेन्द्र बिजुक्छे नेतृत्वको टोलीले जिल्ला समिति कार्यालयमा तालाबन्दी गरेको हो ।

एमालेको जनाधार बलियो रहेको पोखरामा पनि कांग्रेसबाहेक अर्को दलले जित्ने सम्भावना नभएको दाबी गर्दै प्रमुख पद नछाड्न महानगर र जिल्ला समितिले केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका थिए । आफ्नै प्रदेशको महानगरमा नेतृत्व लिन कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तिम समयसम्म अडान राखेका थिए । तर उनले मंगलबार पौडेलले पोखराकै कारण गठबन्धन भत्किन भने दिएनन् । अन्य महानगरको भागबन्डामा त्यसअघि नै सहमति भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार