दार्चुलामा कांग्रेस र माओवादी मिले, समाजवादीले पाएन भागबण्डा

दार्चुला । दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै गठबन्धन गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले अर्को सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)लाई नसेटेर पालिका भागबन्डा गरेका छन् ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ । माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ भने कांग्रेसले महाकाली र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ ।

माओवादीले मालिकार्जुन र व्यास गाउँपालिकाको उपाध्यक्ष र कांग्रेसले अपिहिमाल, मार्मा, लेकम, दुहुँ र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली र शैल्यशिखर नगरपालिकाको उपप्रमुख पाउनेछ । कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादीले २० वडा पाउने खाका बनाइएको छ ।एकीकृत समाजवादीले दुई दलले एकतर्फी ढंगले पालिका बाँडफाँड गरिएको आरोप लगाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार