मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । आइतबार साँझको प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा उनले यस्तो जानकारी गराएका हुन् ।

मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

यहि वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा भएको स्रोतले बतायो । सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार