लुम्बिनीमा दुई सांसदले छोडे शंकर पोखरेलको साथ, पाण्डेले दिए राजीनामा

लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

एमालेको सूर्यचिह्न लिएर स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित उनीहरु विपक्षी गठबन्धनमा लागेका छन् । शाही र श्रीवास्तवले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा लागेका हुन् । दुवैले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । सत्तारुढ एमालेबाट निर्वाचित उनले प्रदेश सभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् । राजीनामा पछि संचारकर्मीसँग कुरा गर्दै उनले जनता कोरोना महामारीमा पिल्सिरहेका बेला सत्ता बनाउने र गिराउने खेल हुँदा पदमा रहिरहन उपयुक्त नदेखेले पद त्यागेको बताए ।

‘पार्टीको घोषणापत्रमा गरेको वाचा अनुसार काम हुन सकेन । यस्तै अवस्थामा चुनावमा जाँदा त जनताले लखेट्छ’, पाण्डेयले भने । त्यसैले पदमा बसिरहन उपयुक्त नठानेको पनि उनले बताए । अब प्रदेश सरकार बनाउने र गिराउने खेलमा आफू नरहेको पनि पाण्डेयको प्रष्ट पारे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार