नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, थप २७ जनाको मृत्यु

कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुग्यो

नेपालमा आइतबार अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

१६ हजार १४७ पीसीआर विधिबाट परिक्षण गर्दा ७ हजार १३४ जना र ६२३ वटा एन्टिजेन विधिबाट परिक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ३ हजार ३२५ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै थप एक हजार ६१२ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन् भने ६७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ४ हजार ४७६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार