चुनावमा धेरै सहयोग गरेकाले आफ्नै खुसीले माओवादी रोजेकी हुँ : वली

लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले कसैको दबाबमा नभई आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् । आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी छन् ।

‘माओवादीहरूले बढी सपोर्ट गरेको हुनाले मैले मेरो इच्छाले यो दल रोजेको हो’, पत्रकार सम्मेलनका बोल्दै उनले भनिन् । आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको, त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो । तर पछि चिन्दै जाँदा आफूले चुनाव जित्नमा माओवादीका तर्फबाट बढी सहयोग पाएको भन्दै उनले यो पार्टी रोजेको बताएकी हुन् ।

‘मैले नेकपाबाट चुनाव जितेँ, म सामान्य गृहिणी, श्रीमान्‌को मृत्युपछि राजनीतिमा आएँ । त्यतिखेर मैले माओवादी एमाले भन्ने पनि चिन्दैनथेँ । त्यतिखेर पनि धेरै सर्पोट माओवादी केन्द्रबाटै पाएँ’, उनले भनिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार