जसपाबाट निलम्बित चार सांसदहरूको रिट दर्ता भएन

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निलम्बित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले कोभिड १९ का कारण यसअघि नै बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सेवा स्थगन गर्ने जनाएकाले उनीहरुलाई निषेधाज्ञा हटेपछि मात्रै आउन भनेको छ ।

यसअघि उनीहरु शुक्रबार पनि रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले आवश्यक अध्ययन गर्ने भन्दै दर्ता गर्न मानेको थिएन । सर्वोच्चको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार