स्थायी कमिटीको बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

 

नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् ।

आइतबार दिउँसो १२ बजेलाई बोलाइएको बैठक ढिला गरी केही बेर मात्रै बसेर सकिएको थियो । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक रूपमा बैठकमा बोलाइएको थियो । बैठकमा भएको छलफल तथा निर्णय भने बाहिर आइसकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार