कस्तो छ आजको मौसम ?

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ ।

सोमबार दिउँसो पनि पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार