कांग्रेस जिल्ला सभापति र उनका परिवार चढेको जीप दुर्घटना

बझाङमा जिप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । गए राति १२ बजे सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटनामा परेको थियो ।

नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवार सवार जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सुर्माका बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नौ जना सवार रहेको उक्त जिपमा रहेका तीन जना घाइते भएका छन्। उनीहरुको धनगढीमा उपचार भइरहेको छ।

जीपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार