उल्फ्सबर्गमाथि डर्टमन्डको आधा दर्जन गोल

बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ ।

सहज जितसँगै डर्टमुण्डले लिगको शीर्ष  स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा डर्टमुन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे । यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक- एक गोल गरे  । उल्फ्सबर्गको लागि बाकुले एक गोल गरे ।

जितपछि डर्टमुन्डले अंक तालिकामा ६३ अंक बनाएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको बार्यनको ६९ अंक छ । पराजित उल्फ्सबर्ग  ३० खेलबाट ३४ अंक सहित १३औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार