टिकट नटुंगिँदै एमालेका आकांक्षीहरू भोट माग्न घरघरमा

नेकपा एमालेले कास्कीको रुपा गाउँपालिकाबाट हालकै अध्यक्ष नवराज ओझालाई उम्मेदवार सिफारिस गरेको छ । हालकै अध्यक्ष ओझालाई अध्यक्षमा र उपाध्यक्ष लालसुब्बा गुरुङको नाम सर्वसम्मतले सिफारिस गरिएको छ ।

यससँगै सबै वडाका अध्यक्ष र सदस्यहरूको समेत सर्वसम्मत नाम सिफारिस गरिएको छ । नाम सिफारिस हुने बित्तिकै अध्यक्ष ओझाले आफूले पाएको सरकारी गाडी फिर्ता दिएर चुनावी प्रचारमा हिँडेका छन् । उनको नाम सिफारिस भए पनि पार्टीबाट टिकट भने टुंगिएको छैन । ओझाले उपाध्यक्ष गुरुङलाई समेत साथमै लिएर वडावडामा भेला र चुनाव प्रचार सुरु गरेका हुन् ।

एमालेले ओझालाई नै टिकट दिने लगभग सहमति छ । त्यसैले भोट माग्न हिँडेका हुन् । ‘सर्वसम्मत नाम सिफारिस भएकोले हामीलाई समस्या भएन । माथिबाट अरू नाम आउने सम्भावना खासै छैन,’ ओझाले भने, ‘हामी टिमसहित भोट माग्न हिँडेका छौं ।’ ओझाले यसअघिको निर्वाचनमा ८९५ मतान्तर सहित कांग्रेस उम्मेदवार प्रकाशमोहन खनाललाई पराजित गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार