इलामबाट मोटरका सामान बरामद

इलामबाट प्रहरीले १४ लाख बराबरको मोटरका सामग्री बरामद गरेको छ । इलाम रोङ गाउँपालिका–४ किटेनीस्थित मानेबुङ जाने भित्री सडकखण्डबाट रु १४ लाख ३७ हजार ३०० बराबरको मोटरका सामग्री बरामद गरेको हो ।

प्रहरीले आज उक्त सामान सार्वजनिक गरेको छ । वैशाख १ गते सामान पक्राउ गरिएको थियो । इलामबाट झापातर्फ जाँदै गरेको प्रदेश नं१–०१–००१च ७६९१ नंको पिकअप गाडीबाट सो सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर थापाले जानकारी दिए । उक्त पिकअप गाडी प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको जनाइएको छ । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार