जेरुसेलमको एक मस्जिद परिसरमा इजरायली प्रहरी र प्यालेस्टिनीबीच दोहोरो भिडन्त

काठमाडौं । जेरुसेलमको अल(अक्सा मस्जिद परिसरमा इजरायली प्रहरीसँगको झडपमा १५० भन्दा बढी प्यालेस्टाइनी घाइते भएको बताइएको छ। यो दाबी प्यालेस्टिनी चिकित्सकहरुले गरेका हुन् ।

इजरायली पुलिसका अनुसार अफिसरहरू आतिशबाजी, ढुङ्गा र अन्य वस्तुहरूले आक्रमण गरेपछि कम्पाउन्डमा प्रवेश गरेका थिए। तीन प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । झडप भएको ठाउँलाई दुवै धर्ममा अति पवित्र मानिन्छ ।

अल–अक्सा मस्जिदलाई मुस्लिमहरूका लागि पवित्र स्थलको रूपमा लिइए पनि यहूदीहरूले यसलाई टेम्पल माउन्ट भनेर सम्बोधन गर्दै आएका छन् र यसलाई यहूदीहरूको लागि महत्त्वपूर्ण धार्मिक स्थल पनि मानिन्छ। इजरायलमा आक्रमण र वेस्ट बैंकमा इजरायली सुरक्षा बलहरूले छापा मार्ने क्रममा चरमपन्थीहरूको मृत्यु भएपछि पछिल्ला केही दिनहरूमा यस क्षेत्रमा तनाव बढेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार