युक्रेनलाई हतियार नदिन पश्चिमा विश्वलाई रुसको चेतावनी

काठमाडौं । रुसले औपचारिक रूपमा संयुक्त राज्य अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ।उक्त चेतावनी मस्कोले एउटा कूटनीतिक नोटको माध्यमबाट दिएको छ जसको प्रतिलिपिलाई अमेरिकी सञ्चारमाध्यमहरूले परीक्षण गरेका छन्।

दुई पृष्ठको कूटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डिसीस्थित दूतावासले उपलब्ध गराएको थियो।त्यसमा अमेरिका र नेटोलाई हतियार सहयोगले युक्रेनको द्वन्द्व थप चर्काइरहेको र त्यसले भविष्यवाणी गर्न नसकिने परिणामू निम्त्याउन सक्ने बताइएको छ।

चेतावनी
युक्रेनलाई अमेरिकाले नयाँ सैन्य सहयोगको प्याकेज घोषणा गर्ने तयारी गरेको विवरण बिहीवार बाहिर आउन थालेपछि उक्त नोट पठाइएको थियो।त्यसको केही घण्टापछि अमेरिकी राष्ट्रपति बाइडनले आठ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगलाई अनुमोदन गरेका थिए जसमा पहिलो पटक लामो दूरीमा पनि निशाना लगाउनसक्ने होविटजर्सजस्ता हतियार थिए।

पछिल्लो सैन्य सहायताको प्याकेजमा हतियारहरू, ड्रोन, बख्तरबन्द गाडीहरू र हेलिकोप्टरहरू पनि छन्।त्यसलाई युक्रेनको सामर्थ्यलाई त्यहाँ देखिएका रुसी सैन्य क्षमतासँग बराबरी गर्ने कदमका रूपमा लिइएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार