नरसिंह आउन कि अर्को सिंह आउन,नुवाकोट एमालेको लालकिल्ला : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नुवाकोट अब आफ्नो पार्टीको ‘लालकिल्ला’ हुने दाबी गरेका छन् । शुक्रबार नुवाकोटमा आयोजित पार्टीको जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरु लक्षित टिप्पणी गरेका हुन् । अब नुवाकोट एमालेको किल्ला बन्ने भन्दै उनले भनेका छन्, (‘रामशरण र प्रकाशरण महत) यो शरण आउन कि अर्को शरण आउन्, दाइ शरण आउन् कि भाइ शरण आउन्।’

उनले अघि भने, ‘(अर्जुननरसिंहरकेदारनरसिंह केसी) नरसिंह आउन कि अर्को सिंह आउन केही मतलव छैन । एमालेको किल्ला नुवाकोट जिल्ला ।’

एमालेलाई हराउन गठबन्धनका नाममा ठूलो षड्यन्त्र र ठूलो साँठगाँठ भइरहेको ओलीको दाबी छ । ‘एमालेले देशभरीका ७ सय ५३ वटै पालिकाहरुमा जित्नुपर्ने छ,’ उनले भने, ‘एमालेलाई जित्न नदिनका लागि घोषित रुपमा, अघोषित रुपमा गठबन्धन हुँदैछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार