किन भयो नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प ?

काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण ठप्प भएको छ । चन्द्रागिरी नगरपालिका–२ का स्थानीय बासिन्दाले विभिन्न माग राख्दै २८ चैतमा जापानिज प्राविधिक बस्ने क्याम्प र कार्यालयमा तोडफोड गरेपछि काम ठप्प भएको हो ।

सडक विभागका महानिर्देशक शिवहरि सापकोटाका अनुसार खानेपानी आयोजनामा थप सहयोग माग राखेका स्थानीयसँग छलफल भएर अघि बढ्न लाग्दा तोडफोड भएपछि निर्माणको काम रोकिएको हो ।

विदेशी सहयोगको आयोजना भएकाले संवेदनशील भएको सापकोटाले बताए । वडाध्यक्षसहित गएको स्थानीय टोलीले तोडफोड गरेकाले यसमा सकस परेको उनले बताए । सापकोटाका अनुसार स्थानीयको माग सम्बोधनका लागि पहल भएर समाधानउन्मुख भइसकेको विषयमा विवाद बढ्न पुगेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार