२० हजार रुसी सेना मारेको युक्रेनको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा रुसी सेनाको ठूलो क्षती भएको बताएका छन् ।जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारीलाई मान्ने हो भने युद्धमा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको छ । तर, मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ ।

यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । उनले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् । उनले सिएनएनसँग भनेका छन्, ‘करिब १०,००० घाइते भएका छन् र जीवित रहन्छन् भन्न गाह्रो छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार