दाङमा ट्याक्टर दुर्घटना, २६ जना घाइते

१२ जनाको अवस्था गम्भीर

दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो ठाउँमा दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ । अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार