स्थानीय तह निर्वाचनः देशैभरि दुईपक्षीय प्रतिस्पर्धा

स्थानीय तह निर्वाचन मिति नजिकिँदै जाँदा देशैभरि दुईपक्षीय प्रतिस्पर्धा गर्नेगरी दलहरू अगाडि बढेका छन् । सत्तापक्षीय र विपक्षी दुईवटा गठबन्धनमा मुलुक निर्वाचनमा अघि बढेको छ । केही दल भने यी दुवै गठबन्धनमा आबद्ध छैनन् । ती दल बहस र छलफलमै केन्द्रित छन् ।

सत्तारूढ गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । सत्तारूढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । उता संसद्को सबैभन्दा ठूलो दल एमाले नेतृत्वको विपक्षी गठबन्धनमा हालसम्म राप्रपा नेपाल र परिवार दलले सहभागिता जनाएका छन् ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल र पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको परिवार दल एमालेको सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । संसद्को सबैभन्दा सानो राष्ट्रिय दल लोसपा भने कुन गठबन्धनमा लाग्दा फाइदा हुन्छ भनेर हिसाबकिताब गरिरहेको अवस्था छ ।

नेमकिपा, जनमत पार्टी, राप्रपा, नेकपा, माले, जप्रपा, तमलोपा कुनै पनि गठबन्धनमा आबद्ध भइसकेको छैन । कतै नखुलेका यी दल अन्तिम समयसम्म आफ्नो अस्तित्व जोगाउन भए पनि गठबन्धनमा सहभागी हुने अनुमान गरिन थालिएको छ ।

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक तथा राजनीतिक विश्लेषक कुर्वान हवारी आगामी स्थानीय तह निर्वाचनमा देशैभरि दुई पक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको बताउँछन् । ‘एकातर्फ सत्तारूढ दलहरू गठबन्धन नै बनाएर चुनावी मोर्चामा होमिएको अवस्था छ भने अर्कोतर्फ प्रतिपक्षी दलहरूको गठबन्धन पनि बनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार