आईएमईले ल्यायो नयाँ वर्षमा ६१ जना लाभान्वित योजना

आईएमईले नयाँ वर्ष २०७९ को अवसरमा ‘आईएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ । आईएमई ग्रुपको काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयको एक विशेष कार्यक्रममा सो योजना सार्वजनिक गरिएको हो ।

यो योजन वैशाख १ गते बिहीबारदेखि ३१ वैशाखसम्म जम्मा ३१ दिनका लागि कायम रहने कम्पनीले जनाएको छ । कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आईएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।

‘आईएमई २०७९ मा २०७९’ को १ महिने योजनाअन्तर्गत विदेशबाट आईएमईमार्फत पठाइएको रकम नेपालभरि छरिएका एजेन्ट/सबएजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति २ हजार ७९ र बम्परमा १ भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गरिने भएको हो ।

योजनामा सहभागी सेवाग्राहीहरु मध्य कुल ६१ जना विजेता लाभान्वित हुनेछन् । विजेता ‘लक्की ड्र’ प्रणालीद्वारा निर्धारण गरिने भएको हो । नतिजा कम्पनीका आधिकारिक फेसबुक पेज, वेबसाइट एवं सञ्चार माध्यममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।

पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘ आईएमई पे ’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौं सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार