किन हुन्छ, महिलाको स्वर मसिनो तथा सुरिलो ?

तपाई हामीलाई थाहा भएकै कुरा हो कि महिलाको स्वर मसिनो तथा सुरिलो हुन्छ तर पुरूषको स्वर त्यस्तो हुदैन । पुरूषहरू मोटो र धोद्रो स्वरमा बोल्ने गर्दछन । यस्तो स्वर परिवर्तन किशोर अवस्थाबाट मात्र शुरूवात हुन्छ । यसलाई वैँस चढेको पनि भनन्छ ।

किन हुन्छ त स्वर परिर्वतन ?

किशोरावस्थामा मानिसको शरीरमा विभिन्न परिवर्तनहरू देखा पर्न थाल्दछन । शरीरका विभिन्न ग्रन्थीहरूले उत्पादन गर्ने हर्मोनहरूको कारणले मानिसको शरीरमा परिवर्तनहरू मध्य पुरूषको स्वर धोद्रो हुनु पनि एक हो ।
किशोररावस्थामा पुरूषको शरीरमा टेस्टोस्टेरोन नामक हर्मोनको उत्पादन हुन्छ । यो हार्मोनको उत्पादनले घाँटीभित्र हुने भोकल कर्डलाई लामो र बाक्लो बनाउँछ । यसले ल्यारिङ्क्स ९ीबचथलह० को आकारमा पनि परिवर्तन ल्याउँछ र स्वर धोद्रो हुन्छ । तर महिलाको शरीरमा टेस्टोस्टेरोन नामक हर्मोनको उत्पादन नहुने हुँदा स्वरमा खासै परिवर्तन आउँदैन ।

किन हुन्छ त पुरुषको बोली मोटो र महिलाको मसिनो ?

मानिसको मुखबाट निस्कने आवाजले उसको सामाजिक परिवेश, व्यक्तित्व, आत्मविश्वास, सोच, शैक्षिक स्तर, संवेग लागायतका थुप्रै कुराहरु दर्शाइरहेको हुन्छ। आवाजमा मिठोपन र अरुलाई प्रभाव पार्ने क्षमता पनि हुन्छ। उच्च व्यक्तित्व होला जस्तो व्यक्तिको पनि बोलीको आवाजले व्यक्तित्व फिक्का हुने अथवा सामान्य लाग्ने व्यक्तिको पनि बोलीकै आवाजको गुणको कारणले व्यक्तित्व प्रभाविलो हुने अवस्था पनि हामी सबैले महसुस गरेकै कुरा हो।

आवाज निस्कने क्रममा मुख्यतया फोक्सो, घाँटी र मुखमा हुने केही निश्चित अंगहरुको तीन प्रकारका संयोगहरु जस्तै श्वासप्रश्वास प्रक्रिया, भोकल फोल्डस् को खुल्ने, बन्द हुने तथा थर्कने तरिका र गतिबाट पनि बाहिर घाँटी, नाक र मुखसम्म आइपुग्दा आवाजमा हुने बढोत्तरी प्रक्रियाको प्रमुख भूमिका हुन्छ।

फोक्सोबाट हावा बाहिर निस्कँदा Vocal Folds मा ठोकिने तरिका, गति र धक्काको आधारमा नै बोलीको उतारचडाब, चर्कोपन, र स्तर भर पर्दछ। Vocal Folds बढी थर्किंदा चर्को आवाज निस्किन्छ भने Vocal Folds को बिट अथवा छेउं जति पातलो हुन्छ त्यति नै बढी सुरिलो आवाज निस्कन्छ।

महिलाका Vocal Folds पातला हुन्छन, त्यसैले बढी थर्किन्छन, जसको कारणले आवाज मसिनो हुन्छ। तर पुरुषका Vocal Folds महिलाका भन्दा ठिक बिपरित हुने भएकोले आवाज पनि मोटो हुन्छ। चर्को आवाज र सुरिलो आवाज फरक कुरा हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार