शनिबार दरबारमार्ग महोत्सव हुँदै

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना हुन गइरहेको १५ औँ दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि सहकार्यस् ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान० र दरबारमार्ग विकास बोर्डले एनसेलसंग महासङ्घको विशेष सहकार्य अन्तर्गत यो महोत्सव संयुक्त रूपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।

सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिवार बिहान १२ १५ बजे हुनेछ । गीतसङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिका सहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ ।

महोत्सवमा दीपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ ब्यान्ड, सुवानी मोक्तान, शास्त्रीय साङ्गीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समूहहरू जस्तै एभरेस्ट क्रु, महेश काफ्ले, र भेकले आ–आफ्ना प्रस्तुतिहरू दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एन्ड सुमन कोइरालाको प्रस्तुतिहरू रहनेछन् ।

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू पनि प्रदर्शनीमा राखिने छन् । त्यसै गरी महोत्सवमा महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।

दरबार मार्गको दक्षिण क्षेत्रको महेन्द्र सालिकसम्म र उत्तरतर्फm नारायणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । विश्वभरि महामारीको रूपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । हाल ९० प्रतिशत बढी जनसङ्ख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरूक बनाउने विश्वास गरिएको छ ।

महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्वट्याग रहेका छन् । महोत्सवको बैङ्किङ पार्टनरमा एनआइसी एसिया बैङ्क, इन्ट्रेन्स पार्टनरमा नेशनललाईफ इन्ट्रेन्स, विभरेज पार्टनरमा डाबर नेपाल, अन्य सहयोगी पार्टनरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरी रहेका छन् ।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार